१ करोड ६८ लाख पर्ने एमजीको साइबरस्टर अटो शो को पहिलो दिनमै सोल्ड आउट



काठमाडौं । नाडा अटो शो-२०२४ मा राखिएको लक्जरी स्पोर्टस कार एमजी साइबरस्टर सोल्ड आउट भएको छ ।

कम्पनीले दुईवटा कार ल्याएको थियो । नाडा अटो शोको पहिलो दिन एउटा कार प्रदर्शनी राखेको थियो । दुवै कार बिक्री भएपछि कम्पनीले अटो शो स्टलबाट कार हटाएको छ । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ ।

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले ग्राहकहरुले अर्डर आएपछि मात्रै आयात गरिने बताए । ‘हामीले ग्राहकले अर्डर गरेपछि ल्याउने हो । ल्याएका दुवै बिक्री भएपछि स्टलबाट हटाएका हौं,’ अर्यालले भने ।

यो कारको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ पर्छ  । यो विश्वभर चर्चा पाएको कार हो । साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटरपावर छ । ७० किलोवाटको ब्याट्री प्याक उपलब्ध छ ।सिंगल चार्जमा ५०८ किमी रेन्ज दिन्छ । साइबरस्टरको लम्बाई ४३३५ एमएम छ ।


क्लिकमान्डु