चिनियाँ ईभीले डोमिनेट गरेको नाडा अटो शो: १९ लाखदेखि २ करोडसम्मका कार (तस्बिरहरु)



काठमाडौं । नाडा अटो-२०२४ मा चिनियाँ विद्युतीय सवारीसाधनको ग्ल्यामर देखिएको छ ।

अधिकांश स्टलहरु चिनियाँ ईभीले भरिएका छन् । जसको मूल्य १९ लाख रुपैयाँदेखि सूरु भएको छ । भारत र अन्य देशका पनि केहि विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको छ ।

शारडा ग्रुपको पायोनियर मोटोकर्प प्रालि जीकर एक्स नाडा अटो शोमा प्रदशर्नीमा राखेको छ । यो कारको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ हो । यो कार ८४ लाख ९९ हजार एमआरपीको हो ।  यो गाडीले ४२५ किलोमिटर रेन्ज दिन्छ ।

यो लक्जरी एसयुभी हो । यो गाडीमा ६६ किलोवाट ब्याट्री छ । ३० मिनेटमा १५० किलोवाटको डिसी चार्जरले चार्जले गर्न सकिन्छ । लेटेष्ट टेक्नोलोजी प्रयोग गरिएको कम्पनीको दाबी छ । जिकर झिजियाङ जिली होल्डिङ ग्रुपको ब्राण्ड हो ।

चांगन नेपालले डिपल एलजेरो- ७ प्रदर्शनीमा राखेको छ । यो कारको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले एस जेरो सेभेन ७४ हजार ९९ रुपैयाँमा तोकिएको छ । नाडा अटो शोमा ३ लाख रुपैयाँ छुट दिइएको छ ।

चौधरी ग्रुपले एक्सपेङ जी-७ प्रदर्शनीमा राखेको छ । यो कार  ८४ लाख ९९ हजारमा पाइन्छ ।

सिजी मोटर्स र एमएडब्लुको जेभीले  अभतार ११ ल्याएका छन् । यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ पर्छ । नाडामा १० लाख रुपैयाँ छुट दिएको छ ।

लक्ष्मी समूह र जियो अटोबाइल्सले चिनियाँ ब्राण्ड केईका तीनवटा मोडल सार्वजनिक गरेका छन् । जसमध्ये एक्स थ्री प्रो ईभी डिलक्सको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ छ । भने एक्स थ्री प्रो फ्लागसिपको मूल्य ४८ लाख ९६ हजार पर्छ । दुबै १२० किलोवाटका गाडी हुन् ।

दुबैले इ-क्विट ०२ र इ-क्विट ०४ मोडल ल्याएका छन् । ४० किलोवाट क्षमता इ-क्विट ०२ मूल्य १९ लाख ९६ हजार रुपैयाँ छ । यो कारले २०० किमी रेन्ज दिन्छ ।  इ-क्विट ०२ को २२ लाख ९६ हजार रुपैयाँ पर्छ । यो कारले ३०० किमी रेन्ज दिन्छ ।

इ-क्विट ०४ को मूल्य २४ लाख ९६ हजार रुपैयाँ पर्छ । यो कारले ३०० किमी रेन्ज दिन्छ ।

सिजी मोटर्सले नेटा भी, नेटा एक्स ४०० कम्फर्ट, नेटा एक्स ५०० कम्फर्ट, नेटा एक्स ५०० लक्जरी कार प्रदर्शनीमा राखेको छ । जसको मूल्य क्रमश: ३८ लाख ९९ हजार, ५३ लाख ९९ हजार, ५७ लाख ९९ हजार, ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

जी मोटर्सले स्काईवेल कारका दुईवटा मोडल सार्वजनिक गरेको छ ।

स्काईवेल बेल ११ ल्याएको छ । जसमा ४१० किमी रेन्ज भएको गाडीको मूल्य ७५ लाख ९० हजार रुपैयाँ पर्छ । यसमा १५० किलोवाटको ब्याट्री छ । ५२० किमी रेन्ज भएको गाडीको ८५ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ । यसमा ७२ किलोवाटको ब्याट्री छ ।

टाटाका लागि नेपालक आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो पटक पन्च ईभी लन्च गरेको छ । सधैंजसो नाडा अटो शोमा टाटाको स्टलमा भीडभाड हुने गर्छ ।

पन्च ईभी तीनवटा भेरियन्टको फरक फरक मूल्य छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री रहने छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

एमएमडब्लु वृद्धिले दुईवटा मोडल प्रदर्शनीमा राखेको छ ।  न्यु सेरेस ३ कम्फर्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ पर्छ ।नाडामा ४५ लाख ४९ हजार रुपैयाँमा किन्न पाइन्छ । न्यु सेरेस ३ प्रिमियमको ५२ लाख ९९ हजार रुपैयाँ पर्छ । यो कार ४८ लाख ८७ हजारमा बुकिङ गर्न सकिन्छ ।

एमएडब्लुले चिनियाँ कम्पनी डोङफेङको नामी कार प्रदर्शनीमा राखेको छ ।  नामीका तीनवटा भेरियन्ट प्रदर्शनीमा राखिएको छ । नामी इ-१, इ-२ र इ-३ भेरियन्ट रहेका छन् । जसको मूल्य क्रमश:२९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ पर्छ । नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

ओमोडा ई-५को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको  । जे-६ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ पर्छ ।

एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी जेड एस डिलक्स ईभीले ६ लाख रुपैयाँको नयाँ अफर ल्याएको छ । ५२ लाख ९९ हजारमा विक्री हुँदै आएको कार अब ४६ लाख ९९ हजार रुपैयाँमा पाइने छ ।

एमजीको १०० वर्श पुगेको अवसरमा पारामाउन्ट मोटर्सले नयाँ अफरको रुपमा मूल्य घटाएको हो । यो अफर आगामी अक्टोबर ५ तारिखसम्म लागु हुनेछ । कम्पनीले एमजी साइबरस्टर लक्जरी कार ल्याएको छ । यो कारको मूल्य १ करोड ६८ लाख रुपैयाँ पर्छ ।

स्कुब इन्टरप्राइजेजले ३५ किलोवाटको हेनरी भोल्ट ल्याएको छ । यो ३५ किलोवाट कारको मूल्य १९ लाख ९९ हजार पर्छ । भोल्ट्सको मूल्य २५ लाख ९५ हजार पर्छ । यो ३५ किलाटको कार हो ।

सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले तीनवटा मोडल सार्वजनिक गरेको छ । सिट्रोन सी-५  एयरक्रस १ लाख ३५ हजार रुपैयाँ पर्छ । १२१ किलोवाटको कारको हो ।

सिट्रोन सी-३को मूल्य ३६ लाख ४९ हजार पर्छ । सिट्रोन इ-सी-३ को मूल्य ३५ लाख ९९ हजार पर्छ । यो ४२.५ किलोवाटको गाडी हो ।

लिप मोटर्सको सी-१० एसयुभी नाडा अटो शोमा सार्वजनिक भएको छ । लिप मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडा अटो शो मार्फत गाडी सार्वजनिक गरेर प्रदर्शनीमा राखेको हो ।

यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ‘मोर द न पावरफुल’ नारासहित सार्वजनिक भएको यो गाडी बलियो बडी स्ट्रक्चर भएको मोडल हो । लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री छ ।

गाडीले ४२० फुल चार्जमा ४२० किमी रेन्ज दिन्छ। यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।

बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बिवाईडी एट्टो थ्री (एडभान्स)  १०० किलोवाटको कार प्रदर्शनीमा राखेको छ। यो कारको मूल्य ५६ लाख ९० हजार रुपैयाँ पर्छ । बिवाईडी एट्टो थ्री सुपरियर र बिवाईडी डल्फिज पनि प्रदर्शनमीमा राखेको छ।

सुपेरियरको मूल्य ६७.८० लाख रुपैयाँ पर्छ । डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ पर्छ । बिवाईडीले सिलियन सेभेन कार सार्वजनिक गरेको छ । चीन बाहिर पहिलोपटक नेपालमा सार्वजनिक भएको कार यहि हो ।

नाडा अटो शो-२०२४ मा किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चारवटा गाडी प्रदर्शनीमा राखेको छ । कम्पनीले मूख्य आकर्षणका रुपमा ईभी-९लाई प्रदर्शनीमा राखेको छ ।

यो हाइ रेन्जको गाडीको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्छ । फुल चार्जमा साढे चार सय किमी रेन्ज दिन्छ । सिंगल मोटरमा नेपालमा आयात भएको छ । यो फुल एसयुभी गाडी हो ।

कम्पनीले यो कारसँगै सेल्ट्स र सोनेटको २०२४ को अपग्रेड भर्सन पनि प्रदर्शनीमा राखेको छ । सेल्ट्स नेपाली बजारमा रुचाईएको कार हो । कम्पनीले ईभी-६ पनि प्रदर्शनीमा राखेको छ ।  

तस्बिरहरु: युवराज भट्टराई


क्लिकमान्डु