कालिमाटी तरकारी बजारमा आज : गोलभेडामा ६ रुपैयाँ घट्यो, प्याजमा ८ रुपैयाँ बढ्यो



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबारको तुलनामा बुधबार ठूलो गोलभेडाको मूल्य ६ रुपैयाँले घटेको छ । सोमबार ठूलो गोलभेडा ६६.६७ प्रतिकिलोमा बिक्री भएको थियो । बुधबार भने यो गोलभेडा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

अर्कोतर्फ सोमबारको तुलनामा प्याजको मूल्यमा बुधबार प्रतिकिलो ८.२५ पैंसा बढेको छ । सोमबार प्रतिकिलो ११८ रुपैयाँमा बिक्री भएको प्याज बुधबार भने १२६.२५ रुपैैयाँमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बुधबार सानो स्वदेशी गोलभेडा २८.३३, टनेलको सानो गोलभेडा ३५, रातो आलु ६७, रातो मुढे आलु ५४, सेतो आलु ५४.५०, गाजर ९६, बन्दा ५५, स्थानीय काउली ९६, ज्यापु काउली १३०, सेतो मुला २८.३३, लाम्चो भान्टा ३४, तने बोडी ९० र घिउ सिमी ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै टाटे सिमी १४६.६७, तिते करेला ५५, लौंका ४५, परवर ४७.५०, चिचिण्डो ३६.६७, घिरौला ४६, झिगुनी ५६.६७, पाकेको फर्सी ५३, हरियो फर्सी डल्ले ४६.६७, भिण्डी ३५, पिडालु ७७, स्कुस ३०, रायो साग ८३.३३, तोरीको साग ६६.६७, कन्ये च्याउ १८४, डल्ले च्याउ ४१४, राजा च्याउ २९०, ब्रोकाउली १७३.३३, भेडे खुर्सानी ६६, अदुवा १९२ र सुकेको स्वदेशी लसुन २४६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु