नाडा अटो शोमा गाडी किन्दै हुनुहुन्छ ? यी बैंकले दिँदैछन् सस्तो ब्याजदरमा कर्जा



काठमाडौं । आजदेखि ६ दिनसम्मका लागि राजधानीमा गाडी व्यवसायीको कुम्भ मेला राजधानीमा सुरु भएको छ । अटो शोमा विभिन्न ७ वटा बैंकले पनि सहभागी जनाएका छन् ।

बैंकहरुले अटो शोलाई लक्षित गरी विभिन्न अफर समेत ल्याएका छन् । अटो शोमा वाणिज्य तथा विकास बैंक रहेका छन् ।

नाडामा सहभागी विभिन्न बैंकमध्ये नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यस्तै ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।

नबिल बैंकले विद्युतीय गाडी खरिद गर्नेका लागि आकर्षक ब्याजदरमा कर्जा दिने जनाएको छ । आकर्षक ब्याजदरमा ७ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म फाईनान्सिङ गर्ने जनाएको छ । बैंकबाट विद्युतीय सवारी साधानका लागि कर्जा लिँदा क्रेडिट कार्ड २ लाखसम्म दिने जनाएको छ ।

सानिमा बैंकले गो ईलेक्ट्रिक, गो ग्रिन भन्ने नाराका साथ ७ वर्षसम्मका लागि निश्चित ब्याजदरमा कर्जा दिने भएको छ ।
बैंकले ७ वर्षसम्म अवधिका लागि ८.४९ प्रतिशतमा ब्याज दिने भएको छ । बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने भएको छ ।

लक्ष्मी सनराइज बैंकले नाडा अटो शो मा कर्जाका लागि अफर ल्याएको छ । विद्युतीय गाडीमा जाने कर्जामा अटो शोका लागि भन्दै बैंकले अफर ल्याएको छ । बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय गाडीका लागि कर्जा दिने भएको छ ।

बैंकले विद्युतीय गाडीका लागि कर्जा लिँदा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने, ३ वर्षसम्मका लागि निश्चित ब्याजदर कायम राख्ने भएको छ । बैंकले ३ दिन भित्रै कर्जाको निर्णय दिने जनाएको छ । १ वर्षसम्म निःशुल्क भिषा एटिएम दिने भएको छ ।

यस्तै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा पनि दिने भएको छ । यो योजना बैंकका सबै शाखामा मंसिर १५ गतेसम्म लागू हुनेछ ।

माछापुच्छ्रे बैंकबाट ६ वर्षसम्मका लागि विद्युतीय गाडीमा अटो लोन लिँदा ७० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । इन्धनवाला गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । बैंकलेबाट कर्जा लिँदा आधालरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थप्ने जनाएको छ ।

हिमालयन बैंकबाट सवारी साधन कर्जा लिँदा विद्युतीय गाडीमा आधारदरमा ०.५० प्रतिशत र अन्य गाडीमा आधार दरमा ०.६५ प्रतिशत प्रिमियम थपिने छ । बैंकले ८ वर्षका लागि कर्जा दिने भएको छ । कर्जा लिँदा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ ।

यस्तै महालक्ष्मी विकास बैंकले सरल प्रकृयामा कर्जा दिने जनाएको छ । ब्याजदर सहुलियत हुने जनाएको छ । बैंकले छिटो तथा छरितो रुपमा कर्जा दिने. जनाएको छ । बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ 

यस्तै ग्लोबल आईएमई बैंकले पनि नाडा अटो शो मा गाडी किन्नेलाई सस्तो ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले विद्युतीय कार (ईभी) किन्न चाहनेलाई ७.९९ प्रतिशतमै ऋण दिने बताएको छ ।

बैंकका अनुसार ५ वर्षभन्दा कम अवधिको ईभी कर्जा स्थायी दर ७.९९ प्रतिशतमा उपलब्ध गराइनेछ । यसैगरी ५ वर्षभन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी किन्न ग्राहकलाई बैंकले ८.४९ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ ।

बैंकले ग्रिन ड्राइभ ईभीमा एक्सक्लुसिभ अटो लोनको ब्याजदर यति कम तोकेको हो ।

यसैगरी इन्धनबाट चल्ने गाडी किन्न चाहने ग्राहकलाई बैंकले सुरुवाती ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यो कर्जाको अवधि ५ वर्षभन्दा कम हुनेछ ।

५ वर्ष भन्दा बढी अवधिका लागि पेट्रोलियम कार किन्ने ऋण लिन चाहने ग्राहकलाई बैंकले ९.४९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले नाडा अटो शोमा स्टल नं. ई३२ मा जानकारी केन्द्र राखेको छ ।


क्लिकमान्डु