लिप मोटर्सको सी-१० नाडा अटो शोमा प्रदर्शनीमा, मूल्य ६८ लाख



काठमाडौं । लिप मोटर्सको सी-१० एसयुभी नाडा अटो शोमा सार्वजनिक भएको छ । लिप मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडा अटो शो मार्फत गाडी सार्वजनिक गरेर प्रदर्शनीमा राखेको हो ।

यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ‘मोर द न पावरफुल’ नारासहित सार्वजनिक भएको यो गाडी बलियो बडी स्ट्रक्चर भएको मोडल हो । लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री छ । गाडीले ४२० फुल चार्जमा ४२० किमी रेन्ज दिन्छ । यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।


क्लिकमान्डु