ठूला होटलमा इभीको प्रयोग, इको टुरिजम प्रवर्द्धनमा सहज




काठमाडौं । नेपालको पर्यटन क्षेत्र तथा ठूला होटल इभीको प्रयोगतर्फ आकर्षित हुन थालेको छन् । विद्युतीय सवारी साधन (इभी)को प्रयोगले पर्यटन प्रवद्र्धनमासमेत सहज हुँदै गएको सम्बन्धित क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ ।

विद्युतीय सवारी वातानुकुलित भएकोले विश्व समूदायले नै रुचाउने गरेका छन् भने वावावरण संरक्षणमा पनि इभीको योगदान हुने भएकोले पर्यटकले इको पर्यटन प्रबद्र्धनलाई रुचाउने गरेका छन् ।

हाल नेपालको पर्यटन क्षेत्रमा ठूला होटल सबैजसो इभीमा नै गइसकेको छ । मध्यमदेखि ठूला पाँचतारा होटल सबैले इभीको प्रयोग बढाउँदै गएकोले पर्यटन प्रवद्र्धनमा पनि सहजीकरण हुने देखिएको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । उनले क्लिकमान्डुसँग भने ‘संसारभरी इको टुरिजममै जोड दिइँदै छ । नेपालमा पनि अहिले नै ठूला होटलले इभीको प्रयोग बढाउनुले पर्यटन प्रवद्र्धनामा पक्कै सहज हुन्छ ।’

सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न र इको फेन्ड्ली टुरिजममा जान पर्यटन क्षेत्र तयार भएसँगै यो क्षेत्रले पछिल्लो समय इभीको पनि प्रयोग बढाउँदै गएको छ । शाहले भने ‘कुन होटल वा पर्यटन व्यवसायीले इभीको प्रयोग गर्छन भनेर एकीन गरेर भन्न सक्दिन तर प्रयोग भने बढीरहेको छ । आफ्नै होटले बढाउँदै गएको इभीको प्रयोग र अरु होटलमा भएक साथी सर्कलले देखाएको रुचीका कारण पर्यटन क्षेत्रमा इभीको प्रयोग उत्साहजनक देखिएको छ ।’

शाहले भने, ‘संसारभरी चलेको इभीको प्रयोग हामी पर्यटन व्यवसायीले पनि विस्तारै बढाउँदै जानु स्वभाविक नै हो । त्यसो त पछिल्ला समय होटलका ग्राहकले नै पर्यवरणमा योगदान खोज्न थालेका छन । त्यसैले सबै होटलले पछिल्लो समय इको अडिट गर्न थालेका छन् ।’ शाहका अनुसार ठूला होटलमा आउने पर्यटकले इको अडिट छ कि छैन भनेर सोध्ने पनि गर्छन । यो भनेको जसरी बाल श्रम शोषण गरेको छ कि छैन भनेर हेरिन्छ त्यसैगरी इको अडिट भए नभएको विषय पनि विदेशी पर्यटकले चासोका साथ हेर्ने गरेका छन् ।

होटल क्षेत्र पर्यटन रुचाउने विदेशी ग्राहक पनि इभीमै यात्रा गर्न रुचाउने भएकोले बाध्यताले इभीमै पनि इभीमै जानुपर्ने अवस्था आएको भनाइ पनि होटल संघ नेपाल (हान)का अध्यक्ष शाहको छ ।

जुन क्षेत्रको ग्रोइङ भइरहेको छ त्यो क्षेत्रलाई प्रवद्र्धन गर्ने र व्यवहारिक बनाउने काम सरकारको हो । सरकारले नीतिगत सहजता प्रदान गर्ने हो भने अहिले पर्यटन व्यवसायीले चाहेको इको पर्यटन प्रवद्र्धन गर्न थप सहज हुने शाहको भनाइ छ । उनले भने ‘यस्तो नीतिगत सहजता प्रदान गर्ने काम सरकारको हो ।’

पर्यटन व्यवसायीको अपेक्ष यसपालि व्यवसायीले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा नै पर्यटन व्यवसायलाई कर छुट दिने अपेक्षा गरेका थिए । सो विषयमा मौद्रिक नीति आउनुपुर्वको एक साता पहिले होटल व्यवसायीले सुझाव समेत पेश गरेका थिए ।

हानका अध्यक्ष शाह वातानुकुलितकै लागि ठूला होटलहरू सबैले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेका छन् । अधिकांश होटलले अहिले प्लाष्टिकको प्रयोग गर्दैनन् । यसका लागि अलि बढी खर्चिलोसमेत भएकोले सरकारले नै सहजीकरण गर्नुपर्ने हुन्छ । सरकारले नै नीतिगत सम्बोध गर्नुपर्ने बुझाइ हानको छ ।

यात्राको लागि वातावरण मैत्री सवारी रुचाउने पर्यटन क्षेत्रले साइमेक्स इंकलेले उत्पादन गर्ने बीवाईडी गाडीमात्रै ५० वटाभन्दा बढी प्रयोेगमा ल्याएका छन् । पेट्रोल डिजेलको चिन्ता नहुने र सस्तो मेन्टेनेन्स र सञ्चालन लागत निकै कम हुने भएकोले पनि इभीको प्रयोग पर्यटन क्षेत्रले समेत बढाएको हो।

सबै पर्यटन क्षेत्र वा होटलले फरक फरक तरिकाबाट सवारीसाधान गरिद गरेका हुन्छ । होटल आफैं, सञ्चालकले व्यक्तिगत रुपमा, लिजिङ कम्पनीबाट, कर्मचारीलाई सुविधा दिएर खरिद गर्ने वा अन्य विल्कपनि हुने भएकोले कुन होटलमा कनि गाडी छन् भने तथ्यांक भने तत्कालै संकलन नागरिएको पनि उनले बताए ।


क्लिकमान्डु