होन्डा कार दसैं उपहार, अफरमाथि अफर योजना सार्वजनिक



काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना घोषणा गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र नि:शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि नि:शुल्क पाउने छन्।

ग्राहकलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ। कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ।

यसका साथै होन्डाले आफ्नो ग्राहकहरूलाई रोडसाइड एसिस्टेन्सको सुविधाका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ। यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।


क्लिकमान्डु