कालिमाटी तरकारी बजारमा आज : अधिकाँश तरकारी महँगियो



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबारको तुलनामा अधिकाँश तरकारीको मूल्य बढेको छ । प्याज, काउली, गाजर, बन्दा, भान्टादेखि अन्य तरकारीको मूल्य पनि बढेको छ ।

सोमबार ठूलो गोलभेडा प्रतिकिलो ६६.६७ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो स्वदेशी गोलभेडा २८, टनेलको सानो गोलभेडा ३६, रातो आलु ६८, रातो मुढे आलु ६०, सेतो आलु ५४.५०, सुकेको प्याज ११८, गाजर ९५, बन्दा ८५, स्थानीय काउली ९६, ज्यापु काउली १२६.६७, सेतो मुला २३, लाम्चो भान्टा ३५, तने बोडी ६८ र घिउ सिमी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै टाटे सिमी ८६.६७, तिते करेला ३६, लौंका ४५, परवर ५५, चिचिण्डो ३६, घिरौला ३६, झिगुनी ५५, पाकेको फर्सी ५४, हरियो फर्सी डल्ले ४६, भिण्डी ३५, पिडालु ७६.६७, स्कुस २८, रायो साग ९६.६७, तोरीको साग ५५, कन्ये च्याउ १६४, डल्ले च्याउ ३२४, राजा च्याउ २९०, ब्रोकाउली १९३.३३, भेडे खुर्सानी ६६, अदुवा १८८ र सुकेको स्वदेशी लसुन २३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु