ढाँटन सक्ने व्यक्तिको भिड सहकारीमा, कानुनले नगर्नु भनेको काम गर्दा समस्याः सभापति थापा



काठमाडौ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सुर्य थापाले सहकारीको क्षेत्रमा सबैभन्दा बढि ढाटन सक्ने, नक्कली र बनावटि कुरा गर्ने व्यक्तिको बर्चस्व हुँदा अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रम उनले सहकारी क्षेत्रमा यस्तै ब्यक्तिको बोलवाला रहेको बताए । सहकारीका सञ्चालकले ऐन कानुनले गर्न हुँदैन भनेको सबै काम गर्दा समस्या तत्काल समाधान गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे ।

अहिले सहकारीमा बचत संरक्षणको प्रबन्ध नरहेको उनको बुझाई छ । जसले गर्दा सहकारी क्षेत्र तासको घर जस्तो भएको बताए ।

आफुले सहकारी क्षेत्र भर्खरै बुझ्न थालेको भन्दै थापाले सहकारीको अवस्था दयनिय रहेको दाबि गरे । यो अवधिमा आफुले राम्रो नराम्रो सबै सहकारी हेरेको उल्लेख गरे । जन्मदेखि मृत्युसम्म काम गरेका राम्रा सहकारीमा समस्या कम देखेको उनले बताए ।

काठमाडौ महानगरमा भएका १९२३ सहकारीमा आधा सहकारी निष्कृय रहेको उल्लेख गरे ।

सहकारीको समस्या केलाउँदै जादा परिवारमा केन्द्रित हुने उनको बुझाई छ । परिवार मिलेर चलाएको सहकारीमा बढि समस्या रहेको दाबि उनको छ ।

‘ईमानका साथ लागेका सहकारीमा समस्या छैन । धेरै सहकारिको समस्या परिस्थिति जन्य हैन’ उनले भने ‘नियत खराब हो । ठग्नकै लागि खोलेको हो ।’

६० प्रतिशत ब्याज दिने भने बयान पनि दिएको बताए । ‘पहिलो महिना ब्याज दिन्छ’ उनले भने ‘दोस्रो महिना सावा खान्छ । लोभले सावा खायो ।’ तावाबाट उम्कन खोज्दा भुङग्रोेमा परेको उनको बुझाई छ । सहकारीमा १२ जनाको गिरोहले १६ सय करोड डुबाएको उनको दाबि छ ।

नेपालका सबै भ्रष्टाचारको प्रकरण भन्दा बढि रहक सहकारीमा रहेको उनको दाबि छ । जसले गर्दा सहकारी प्रति जनताले अनुहार खुम्च्याउनु परेको थापाको बुझाई छ


क्लिकमान्डु