भारतीय बजारमा दुई सानो कारहरु क्युट आरई र टाटा नानो ईभीको उधुम



काठमाडौं । भारतीय बजारमा दुई सानो कारको आगमन भएको छ । यसमध्ये एउटा हो, बजाज कम्पनीले उत्पादन गरेको विद्युतीय क्युट आरई ६ । अर्को हो, टाटा कम्पनीको नानो ईभी । सानो आकारको कार भएकाले अहिले नै ती दुवै कारले भारतीय बजारमा उधुम मचाइसकेको बताइएको छ ।

बजाज कम्पनीले उत्पादन गरेको पल्सर मोटरसाइकलको सफलतापश्चात कम्पनीले फोर ह्विलर सानो कार बजारमा भित्र्याएको हो । यो कार निक्कै सानो र लोभलाग्दो आकर्षक डिजाइनमा तयार पारिएको छ ।

घरमा निक्कै कम स्पेस भएको परिवारको लागि यो कार निक्कै उपयुक्त मानिएको छ । यसमा आरामदायी सिटसँगै सुरक्षासम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध छन् ।

सानो आकारको भएपनि यो कार निक्कै बलियो मानिएको छ । यो कारमा डिस्क ब्रेक जडान गरिएको छ । यसमा २१६ सीसीको वाटर कूल्ड, सिंगल सिलेण्डर इन्जिन जडान गरिएको छ । यो कार सीएनजी र पेट्रोल गरी दुई भेरियन्टमा ल्याइएको छ ।

यसको इन्जिनले १३.२ बीएचपी पावर र १९.६ एनएम टार्क उत्पादन गर्न सक्छ । यो कारले १ किलो सीएनजीको प्रयोग गर्दा ५५ किलोमिटरको माइलेज दिन्छ ।

प्रतिकिलोमिटर ७० किलोमिटरको स्पीडमा कुद्ने यो कारको मूल्य अहिले ३.६१ लाख भारतीय रुपैयाँ तोकिएको छ ।

यस्तै अर्को सानो आकारको कारमा टाटाको नानो इभी भारतीय बजारमा आइपुगेको छ । इभी सेगमेन्टमा यो कारले उद्युम मचाउने भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

टाटाले उत्पादन गरेको नानो निक्कै पुरानो सानो आकारको कार हो । पछिल्लो समयमा आकार, डिजाइन, सुरक्षाको प्रविधिलगायतमा परिस्कृत गरेर ईभी सेगमेन्ट अन्तर्गत नानो ईभी कार बजारमा ल्याइएको हो ।

नानो कार परिस्कृत रुपमा फेरि भारतीय बजारमा आइपुगेको हो । यो कार सिंगल चार्जमा २ सय किलोमिटरसम्म कुद्न सक्छ । यसमा ७ इन्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, एयर कण्डिसन, क्रुज कन्ट्रोल र पावर एडजेस्टेबल ड्राइभिङ्ग सिट जडान गरिएको छ ।

यो कारको शोरुम मूल्य ५ लाख भारतीय रुपैयाँ तोकिएको छ । यो कार तीन प्रकारका भेरियन्टमा उपलब्ध छन् । कारमा ३९.२ केडब्लुएच क्षमताको लिथिएम ब्याट्री जडान गरिएको छ । यसको सहयोगमा ५०० किलोमिटरसम्म कारलाई कुदाउन सकिन्छ । यो कारलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ ।


क्लिकमान्डु