अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार भएको भेटको क्रममा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।


क्लिकमान्डु