आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयर निष्काशन



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि १ः१.५ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ । असार ३१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । हकप्रद सेयरमा २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका शाखाबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु