सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु



काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षको लागि मारु लाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि नीजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबिच सहकार्य गरी अघि बढ्ने बताए ।

सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्ने अध्यक्ष मारुले बताए ।

संघको नयाँ कार्यसमितिमा अध्यक्षमा मारुका साथै उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।


क्लिकमान्डु