विद्युत विकास विभागको महानिर्देशकमा नवीन सिंह



काठमाडौं । ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी नवीन सिंहले पाएका छन् ।

यसअघि विभागमा रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा पठाएर ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागमा सिंहलाई नियुक्त गरेका हुन् ।

विभागका अधिकारीहरुका अनुसार सिंहले बिहीबार नै नियुक्तिको पत्र बुझेका थिए । यसअघि ऊर्जा मन्त्रालयमा सहसचिवको रुपमा रहेका सिंहलाई दोस्रो पटक महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

त्यसअघि भने २०७७ मा सिंह विभागको महानिर्देशक भइसकेका थिए । तर लाइसेन्स वितरणमा चलखेल गरेको र कमजोर कार्यसम्पादनका कारण त्यसबेला उनी महानिर्देशकबाट हटाइएका थिए । कुलमान घिसिङ दोस्रो पटक प्राधिकरणको महानिर्देशक बन्ने क्रममा सिंह पनि प्रतिस्पर्धामा थिए ।


क्लिकमान्डु