सेयर बजरमा सामान्य गिरावट, २१ अर्ब ७१ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट आएको छ । बिहीबार इन्ट्रा डे कारोबारमा २८०५.३५ बिन्दु पुगेको बजार घटेर २८ सय बिन्दु भन्दा तल झरेको छ । बजार ५.२९ अंकले घटेर परिसूचक २७५५.६२ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ । ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।

कारोबारमा वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बिमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु