७ महिनामा साढे ६ लाख विदेशी नेपाल भ्रमणमा, पर्यटक आगमन २१ प्रतिशतले बढ्यो



काठमाडौं । पछिल्लो ७ महिनामा नेपालमा ६ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल भित्रिएका यी पर्यटक सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा २१.२२ प्रतिशतले बढी हो । गत वर्ष सन् २०२३ मा नेपालमा ५ लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार नेपालमा सन् २०२४ को जुलाइमा ६४ हजार ५९९ पर्यटक नेपाल आएका छन् । यस्तो पर्यटक आगमन अघिल्लो वर्ष सन् २०२३ मा ५ लाख ७७ हजार २६ मात्रै रहेको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२४ को पहिलो ६ महिनामा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी मार्चमा छन् । सन् २०२४ को सात महिनामा सबैभन्दा कम पर्यटक जुलाइमै आएका छन् ।

जुलाइमा आएका पर्यटक ६४ हजार ५९९ पर्यटक छन् । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढेको भए पनि सन् २०२४ को तुलनामा भने जुलाइमा सबैभन्दा कम हो ।

अध्यागमन विभागको तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार पर्यटक आएका छन् । यस अघिको ५ महिनामा नै ५ लाख ६ हजार पर्यटक आएका थिए ।

तथ्यांक अनुसार जुन महिनामा गत वर्ष सन् २०२३ को पहिलो ७ महिनाको तुलनामा सन् २०२४ को सोही समयसम्ममा १ लाख १३ हजार ४०५ जना बढी पर्यटक आएका छन ।

कुन महिनामा कति पर्यटक भित्रिए


क्लिकमान्डु