चीनको राजदूतमा डा. केपी ओली सिफारिस



काठमाडौं । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा डा. केपी ओली (कृष्णप्रसाद ओली)लाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । जलवायु तथा वातावरण विज्ञको रुपमा चिनिएका ओली यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष थिए ।

माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए ।

बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । शर्मालाई माओवादी–एमाले गठवन्धन सरकारले अघिल्लो महिनामात्रै फिर्ता बोलाएको थियो । सत्ता गठवन्धन फेरिएसँगै काँग्रेस सिफारिसमा नियुक्त भएका शर्मालाई दिल्लीमै निरन्तरता दिने नयाँ निर्णय भएको हो ।


क्लिकमान्डु