मौद्रिक नीति: कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कर्जा विस्तारको लक्ष्य १२. ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्यलाई गत आर्थिक वर्षको भन्दा १ प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।

यो कर्जा विस्तार गत वर्षको तुलनामा १ प्रतिशतले बढी हो । गत नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को लागि ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको ५.९८ प्रतिशतको प्रगति भएको छ ।

कोरोना महामारी सुरु भएको वर्ष अर्थात अन्तिम चौमासको फैलिएको कोरोनाका कारण कर्जा विस्तारको लक्ष्य २१ प्रतिशत राखेकोमा १३ प्रतिशत मात्रै भएको थियो । कोरोना महामारीको कारण घटेको कर्जा विस्तार कोरोना महामारीका कारण भने बढेको छ ।

आर्थिक वर्ष २०७८/७८ मा २० प्रतिशतको मात्रै कर्जा विस्तारको लक्ष्य राष्ट्र बैंकले उक्त वर्षको मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको थियो । यो लक्ष्यभन्दा ६ प्रतिशत बढी कर्जा विस्तार उक्त वर्ष भएको थियो । उक्त वर्ष २६.३ प्रतिशतको कर्जा विस्तार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

कोरोनाको कारण बढेको कर्जा विस्तार त्यसपछि भने राष्ट्र बैंकले कसिलो नीति लिएका कारण कर्जा विस्तार लक्ष्यको अनुपातमा हुन सकेन् । २०७८/७९ मा १९ प्रतिशको कर्जा विस्तारको लक्ष्य भए पनि प्रगति भने १३.१ प्रतिशत मात्रै भएको छ ।

२०७९/८० मा पनि राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२.३ प्रतिशत रहेकोमा भएपनि उक्त वर्ष जम्मा ३.८ प्रतिशत मात्रै कर्जा विस्तार भएको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु