प्रधानमन्त्री ओलीले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत परीक्षण गरेका थिए ।

प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । दिन्न भन्ने पक्षमा १ जना रहेको सभामुख देवराज घिमिरेले घोषणा गरे । सभामा २६३ सांसद उपस्थित थिए ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री चयन भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत पाउनु पर्ने व्यवस्था छ ।


क्लिकमान्डु