माधव नेपालले बोल्न थाल्दा प्रधानमन्त्री ओली संसद बैठकबाट बाहिरिए (भिडियो)



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बनेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बधाई दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा अध्यक्ष नेपालले ओलीलाई औपचारिक बधाई दिएका हुन् ।

तर माधव नेपालले औपचारिक रुपमा बधाई दिइरहँदा ओली भने संसद्‍मा उपस्थित थिएनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएको दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल राष्ट्रपति कार्यालय नगएका नेपालले संसदबाटै शुभकामना दिएका हुन् ।

‘सर्वप्रथम प्रधानमन्त्री ओलीलाई औपचारिक बधाई । आज विश्वासको मत मागिरहनुभएको छ, तर संसद्‍बाट बेपत्ता हुनुहुन्छ । आजको सदनमा पूरा समय सुन्ने । सबैका कुरा सुन्ने धैर्यता राख्नु पर्छ,’ आइतबार प्रतिनिधि सभाको बैठकमा नेपालले भने ।
उनले सबैको वचन सुन्ने धैर्ता चाहिने उल्लेख गरे ।

अध्यक्ष नेपालले दुई तिहाइ नजिक रहेको पार्टीबाट प्रधानमन्त्री रहेका ओलीले मध्यरातमा संसद विघटन गरेको भन्दै त्यस्ता कामको आत्मआलोचना गर्नसमेत ‌ओलीलाई आग्रह गरे ।


क्लिकमान्डु