ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहीत रहेको र त्यसको निरुपण संवैधानिक इजलासबाट मात्र हुने भन्दै यस्तो आदेश गरेका हुन् ।

संविधानको धारा ७६(२) बमोजिम ओलीको नियुक्त असंवैधानिक हुने भन्दै रिटमा बदरको माग गरिएको थियो । पुष्पकमल दाहालको सरकार ७६(२) अनुसार बनेको र त्यसले विश्वासको मत पाउन नसकेका कारण अर्को सरकार ७६(३) अनुसार बन्नु पर्ने जिकिर रिट निवेदनमा गरिएको छ ।


क्लिकमान्डु