ट्रंक डेडिकेटेड विवादमा सांसद सापकोटले भने: बिजुली जोड्न प्रधानमन्त्रीले जंगबहादुर शैलीमा निर्देशन दिए



काठमाडौं । माओवादी नेतासमेत रहेका प्रतिनिधि सभा सदस्य माधव सापकोटा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युत महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले जंगबहादुरको शैलीमा लाइन जोड्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सरकार के उदेश्यका लागि बनेको स्पष्ट भएको बताए । ‘मर्निङ सोज् द डे भन्ने अंग्रेजीमा एउटा उखान छ। जस्तै यो सरकार के चाहन्छ र के उदेश्यका लागि बनेको हो स्पष्ट पार्दछ,’ उनले भने, ‘सरकारका अंगहरुले दिएको निर्देशन स्वतन्त्रापूर्वक सरकारले पालना गर्नुपर्छ ।’

शुक्रबार प्रधानमन्त्री ओलीले उद्योगी र प्राधिकरणसँग छलफल गरेपछि तत्कालै बिजुली काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएका थिए ।

२०७२ साउनदेखि पुससम्म, दोस्रो २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असार तीन चरणमा विवाद छ । प्रचण्ड सरकारले २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता उठाउने भन्दै प्राधिकरणलाइन पत्राचार गरेको थियो । सोही आधारमा प्राधिकरणले बक्यौता तिर्न १५ दिनको समय दिएको थियो । १५ दिनमा बक्यौता तिर्न नआएपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ ।

सापकोटाले सार्वजनिक लेखा समितिले उपसमिति बनाएर प्रतिवेदन ८ वटा बुदाँमा सुझाव दिएको बताए । उनले
नियमन आयोगले अध्ययन गरेर प्रतिवेदन दिएको छ । प्राधिकरणको उपसमिति बनाएर अध्ययन गरेको छ। ‘प्रचण्ड स्पष्ट निर्देशनका साथ हल गर्ने भनेको छ । ८ अर्ब रुपैयाँको बक्यौता चलखेल गरेर जे दिन खोजेको छ। त्यो आपत्तिजनक छ,’ उनले भने, ‘सुशासनलाई सरकारले धावा बोलेको छ । गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु ।’


क्लिकमान्डु