प्रचण्ड, रवि र माधव नेपालबीचको बैठक सकियो, यस्तो भयो कुराकानी



काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्ता सकिएको हो ।

विपक्षी नेताहरुबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउन संविधान मिचिएको निष्कर्ष निकालिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमति सार्वजनिक गर्नु पर्ने बताए ।

‘दुई ठूला दल मिलेर सरकार बनाइसकेको अवस्था छ । उहाँहरुको साझा धारणा अहिलेसम्म आएको छैन । के शर्तमा मिल्नुभयो पनि आएको छैन। प्रधानमन्त्रीले के वापत सदनमा विश्वासको मत माग्नुहुन्छ’ उनले भने ।


क्लिकमान्डु