कनेक्ट आइपीएसको रिटेल पेमेन्ट स्वीचबाट गत आवमा ५७ खर्ब रुपैयाँको कारोबार

काठमाडौ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ ।

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो ।

यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्ग रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ ।

उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको हो ।

रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् ।

नेपाल भित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ ।

÷८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ ।

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो ।

यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्ग रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ ।

उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८÷७९ देखि सञ्चलान गर्दै आएको हो ।

क्लिकमान्डु