अम्बानीको बिहेमा बलिउडकर्मीलाई २ करोडको घडी उपहार, तर कर तिर्नुपर्ने



एजेन्सी । भारतीय उद्यमी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाह सम्पन्न भयो । तर ५० अर्ब भारु खर्च गरिएको यो विवाहको भव्यताको चर्चा अझै सेलाएको छैन ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा बलिउडका अधिकांश कलाकारसहित हलिउडका विश्वप्रसिद्ध स्टारहरु साथै अर्बपतिहरु र नेताहरु पनि उपस्थित थिए ।

विवाह समारोहमा उपस्थित भएका बलिउडका चर्चित कलाकारहरु शाहरुख खान, रणवीर सिंहलगायत अरु धेरै कलाकारहरुलाई २ करोड भारु पर्ने लग्जरी अडेमार्स पिगेट घडी उपहार दिएका छन् ।

महंगो ब्रान्डेड घडी पाएपछि कलाकारहरु खुसी देखिए पनि उनीहरुले कर तिर्नुपर्ने हुनसक्ने भन्दै कतिपयले प्रश्न पनि उठाएका छन् ।

भारतको प्रचलित कानुन अनुसार विशेष अवसरमा पाएको उपहारका लागि भने कर तिर्नु नपर्ने हुनसक्छ । तर यो प्रावधान अनन्त र राधिकाको हकमा लागु हुनेछ । जवकि अनन्त र राधिकाले दिएका उपहारको हकमा भने यो प्रावधान लागु नहुनसक्ने बताइएको छ ।

साथै साथीहरुबाट पाएको उपहारको मूल्य ५० हजार रुपैयाँभन्दा कम भएको अवस्थामा मात्रै कर छुट हुनसक्ने पनि कानुनी प्रावधान छ । तर ५० हजार रुपैयाँभन्दा बढी रकमको उपहार भएको खण्डमा त्यसको पूरा कर लाग्छ ।

बलिउड कलाकारहरुले पाएको लग्जरी घडीहरुको प्रत्येकको मूल्य २ करोड भारती यरुपैयाँ हो । अर्थात् यसले स्वत: कर छुटको सुविधा नाघिसकेको छ । यस्तो सन्दर्भमा अम्बानी परिवारबाट पाएका महंगा उपहारको कर विवाहका निम्तालुहरुले तिर्नुपर्ने हुनसक्छ ।

ट्याक्सबडी डट कमका संस्थापक सुजित बांगरले भनेका छन्, ‘राधिका-अनन्त अम्बानीले आफ्नो विवाह समारोहमा शाहरुख खान, रणवीर सिंह लगायतलाई दिएका घडीहरु यदि उनीहरुको नाममा खरिद गरिएको हो भने ती घडीहरुमा कर लागेको हुनुपर्छ । उनीहरुले यसको बजार मूल्य तिर्नुपर्ने हुन्छ । किनकि यसलाई नगद उपहार मानिन्छ । जुन कर योग्य छ ।’

यसरी नगद उपहारको रुपमा दिइएका उपहार आयकर ईन अन्तर्गत अन्य स्रोतबाट आम्दानी भएको रुपमा वर्गीकृत गरिने पनि कर विज्ञहरु बताउँछन् । अर्थात् उपहार प्राप्त गर्नेहरुले आफ्नो आयकरको तिर्नका लागि यी घडीहरुको मूल्य पनि सार्वजनिक गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु