वैदेशिक रोजगारीमा जाने नेपाली घटे: अघिल्लो वर्षको तुलनामा ३.८८% ले थोरै



काठमाडौं । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को आर्थिक वर्ष २०८०/८१ मा विदेशमा काम गर्न जानेको संख्या २९ हजार ९ सय ३० जना अर्थात् ३.८८ प्रतिशतले कम भएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमध्ये ८० हजार महिला छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।

यस्तै नयाँ श्रम स्विकृति लिएर म्यानपावर कम्पनीबाट विदेश जानेहरुमा ३ लाख ५३ हजार जना रहेका छन् । यस्तै २ लाख ८१ हजार जनाले वैदेशिक रोजगारीबाट बिदामा फर्किएर श्रम नवीकरण गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा भने सबैभन्दा धेरै ७ लाख ७१ हजार नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो समय कतार र मलेसियाले नेपाली श्रमिक लैजान रोकेपछि पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको बताइएको छ ।

कतारले त्यहाँ विश्वकप आयोजना गरेसँगै नेपाली श्रमिक लैजान रोकेको थियो । यस्तै मलेसियाले पछिल्लो २ महिनायता नेपालीहरुलाई श्रमिकको रुपमा प्रतिबन्ध लगाएको छ ।


क्लिकमान्डु