सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि एक लाख ४७ हजार ८ सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ निर्धारण भएको छ ।


क्लिकमान्डु