हुन्डाइ फेस्टिभल डिलाइट २०८० को विजेता घोषित



काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको “हुन्डाइ फेस्टिभल डिलाइट २०८०” अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

“हुन्डाइ फेस्टिभल डिलाइट २०८०” अफर अनुरुप अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहक सुनसरीका ईन्द्र प्रसाद गुरागाइँले हुन्डाइ एक्स्टर बम्पर लक्की ड्र जितेका छन् । उनको कुपन नम्बर ५३ थियो ।

यस अफर अनुरुप हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाइ एक्स्ट्रा जित्ने मौका हुन्छ।

“हुन्डाइ फेस्टिभल डिलाइट २०८०” अफरको विजेताको घोषणा हुन्डाइ नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो । कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल कार्यक्रमको मुख्य अतिथिको रुपमा थिइन् ।


क्लिकमान्डु