मन्त्रीका विषयमा छलफल गर्न शेखर-गगन समूहको बैठक



काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहँदा नेपाली कांग्रेसको शेखर-गगन समूह छलफलमा जुटेको छ।

सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न शेखर–गगन समूह छलफलमा जुटेको हो।

कांग्रेस नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा नेताहरुबीच छलफल भएको हो ।

छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे र जीवनबहादुर परियार, अर्जुननरसिंह केसी
चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बढू र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

कांग्रेस एमाले गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । भोलि उनको शपथको तयारी छ ।

ओलीसहित मन्त्रीहरुले पनि शपथको तयारी भइरहँदा दलहरु मन्त्री चयनका लागि जुटिरहेका छन् ।

कांग्रेसभित्र शेखर गगन समूहले ४ मन्त्री पाउनुपर्ने माग संस्थापन पक्षसँग राखिरहेका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने दुईवटा मात्र मन्त्री दिने तयारी गरेको छ ।


क्लिकमान्डु