ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर शीतल निवास जाँदै एमाले कांग्रेस, ओलीले दाबी गर्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेरका छन । हस्ताक्षर पश्चात ओलीले प्रधानमन्त्री दाबी गर्दै शीतल निवास जाने भएका छन् । एमाले र कांग्रेसले सहमति गरेर ओलीलाई प्रधानमन्त्री बनाउने भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणमा दाबी गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका राष्ट्रपति निवास शीतल निवास जाँदै छन् ।

नयाँ सरकारको गठनको लागि दाबी गर्न शुक्रबार साँझ मात्रै दुई नेताले हस्ताक्षर गरेका हुन् ।

कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । सो समझदारीअनुसार ओली पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको डेढ वर्ष देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शुक्रबार विश्वासको मत पाएका थिएनन् । प्रचण्डले गरेको विश्वासको मतको प्रस्तावमा जम्मा ६३ मत परेको थियो ।

विपक्षमा दुई तिहाइ अर्थात १९४ सांसदले मत दिएका थिए । कांग्रेस एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार केपी शर्मा ओलीली प्रधानमन्त्रीको दाबी गर्ने भएका छन् ।


क्लिकमान्डु