सरकार ढलेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गए



काठमाडौं । संसदबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय गएका छन् ।

पाँचौ पटक विश्वासको मागेका प्रचण्ड सरकार शुक्रबार ढलेपछि शीतल निवास पुगेका हुन् ।

संसदबाट विश्वासको मत गुमाएको जानकारी गराउन उनी राष्ट्रपति कार्यालय गएको प्रचण्डको दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए ।

शुक्रबार प्रतिनिधि सभामा पाँचौ पटक विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ मत परेको छ भने दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

झण्डै १९ महिना प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटकको तुलनामा २०५ सांसदको विश्वास गुमाएका हुन् ।


क्लिकमान्डु