रविको प्रश्न: अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ?



काठमाडौं । राष्ट्रिय पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमतिमा आशंका व्यक्त भएको बताएका छन् ।

दुई दलले आफूहरुबीचको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको उनको भनाइ छ ।

‘राष्ट्रिय सहमति भनिएको छ, त्यो पनि एउटा व्यापारीको घरमा गरिएको छ, आजसम्म देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दको मानमर्दन भएको छ । तर, यो कुनै राष्ट्रिय सहमति हुन सक्दैन,’ उनले भने,’हामीलाई आशंका छ, एकाएक रातारात संविधानको चिन्ता, कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्कढक्याउन पुग्यो त्यतिखेर तपाईंहरूलाई संविधानको याद आयो ? संविधानमा संशोधन गर्नुपर्ने धेरै कुराहरू छन् ।’

उनले संविधान जोगाउन नाममा कसलाई जोगाउन खोजिएको ? भन्दै प्रश्न गरे ।


क्लिकमान्डु