झरीमा लुगा धुन र सुकाउन सजिलो माइडियाको फ्रन्ट लोड वासर ड्रायर



काठमाडौं । मनसुनको समयमा लुगाहरू धुन र सुकाउन समस्या भइरहेको छ भने वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोड्युसर माइडियाले घरायसी कामलाई सरल र सजिलो बनाउने अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर नेपालमा उलब्ध गराउँदै आएको छ । नेपाली बजारमा लोकप्रियता कमाएको माइडिया वासर ड्रायरले तपाइँका लुगाहरूलाई सफा र सुक्खा राख्न सजिलो बनाउँछ ।

माइडिया फ्रन्ट लोड वासर ड्रायरमा ८ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइङ क्षमता छ । जसले तपाइँको दैनिक लुगाहरूको धुलाइलाई छिटो र प्रभावकारी बनाउँछ। इनभर्टर क्वाट्रो मोटर र वाटर क्युब ड्रम जस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्छ। १४०० आरपीएमको उच्च स्पिन स्पीड र १४ वटा विभिन्न प्रोग्रामहरूले तपाइँको आवश्यकता अनुसार धुलाइ र सुकाउने प्रक्रिया सजिलो बनाउँछ।

टाइटेनियम रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ। साथै, मिडिया ले १ वर्षको वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी प्रदान गर्छ । जसमा बाहिरी स्टील केसिङ, टप लिड, फिल्टर र पाइपहरू बाहेकका सबै भाग समेटिन्छन्।

यस वासर ड्रायरले स्मार्ट होम सुविधा पनि प्रदान गर्छ । जसले तपाइँलाई आफ्नो स्मार्टफोनबाट वासिङ र ड्राइङ प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ। यस्तै क्विक १५ मिनेट वास, अटो ड्राइ, एयर फ्रेस र मौसम-केन्द्रित सुविधाहरूले तपाइँको लुगाहरूलाई छिटो, ताजा र मौसम अनुसार सुकाउन मद्दत गर्छ।

मनसुनमा तपाइँका लुगाहरूलाई प्रभावकारी तरिकाले धुलाइ र सुक्खा गर्न मिडिया फ्रन्ट लोड वासर ड्रायर रोज्नुहोस्। तपाइँको नजिकको इलेक्ट्रोनिक्स सो रूम वा अनलाइन प्लेटफर्म मार्फत आजै खरिद गर्न सक्नुहुन्छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।


क्लिकमान्डु