मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय (भिडियो)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदमुक्त छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका रास्वपा नेता मनिष झाले जानकारी दिए ।

उनी पार्टीको साधारण सदस्य भने रहने छन् ।

अनुशासन आयोगले ढकालमाथि साधारण सदस्य पनि नरहने गरी कारबाही सिफारिस गरे पनि केन्द्रीय समिति बैठकले भने उनलाई पदबाट मात्र हटाएको हो ।

महामन्त्रीको टुंगो भने आगामी बैठकले लगाउने उनले जानकारी दिए ।

ढकाललाई उक्त निर्णय चित्त नबुझेमा उनले ३५ दिनभित्र पार्टीमा पुनरावेदन गर्न सक्ने पनि झाले जानकारी दिए।

यसअघि असार १९ गते बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै मुखमा काटो टेप लगाए बैठकमा बसेका उनलाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो । पार्टीविरुद्ध गतिविधि गरेको र बैठकमा अराजकरुपमा प्रस्तुत भएको भन्दै केन्द्रीय समितिले उनलाई निलम्बन गरेको थियो ।


क्लिकमान्डु