नारायणी नदी किनारमा तीन जनाको शव फेला



चितवन । नारायणी किनारमा तीन जनाको शव फेला परेको छ ।

पूर्व नवलपरासीस्थित गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको हो । आज बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी पूर्व-नवलपरासीले जनाएको छ ।

मृतकमा अन्दाजी ६० वर्षीय र ४०/४५ वर्षीय पुरूष तथा अन्दाजी ४०/४५ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो।

माछा मार्न गएका माझीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक तीनै जनाको सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु