सर्वोत्तम स्टिलको व्यापार ह्वात्तै घट्यो



काठमाडौं । सर्वोत्तम स्टिलको व्यापारमा उच्च गिरावट आएको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण क्षमता अनुसार सञ्चालन हुन नसकेपछि व्यापारमा भारी गिरावट भएको हो ।

स्पञ्ज आइरनमा कर छुट दिने नीति लिएपछि लगानी थपेर क्षमता बढाएको उक्त उद्योग अर्थतन्त्रमा देखिएको संकुचनका कारण मागमा आएको कमीका कारण पूर्णक्षमतामा चल्न सकेको छैन । उद्योगसँग वार्षिक ५ लाख २० हजार ८ सय मेट्रिकटन स्टिल उत्पादन गर्ने क्षमता छ । जसमा ५१ प्रतिशत बिलेट र ४८ प्रतिशत टीएमटी निर्माण र बाँकी १ प्रतिशत तार निर्माणको हिस्सा छ ।

सर्वोत्तम स्टिलले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको छ । यसलाई वार्षिकीकरण गर्दा उद्योगले साढे ५ अर्ब रुपैयाँको कारोबार गर्नसक्ने अनुमान गर्न सकिन्छ ।

तर, सन् गत आर्थिक वर्ष ७ अर्ब ७५ करोड र अघिल्लो वर्ष ८ अर्ब ९३ अर्ब रुपैयाँको कारोबार गरेको थियो ।

उद्योगले २०२३ मा ४ अर्ब ६३ करोड ऋणको रेटिङ गराएको थियो । कारोबार घटेसँगै उद्योगले घाटा व्यहोरेको छ । कच्चा पदार्थको मूल्यमा भएको बढोत्तरी र अल्पकालीन ऋणमा उच्च ब्याज खर्च भएसँगै कम्पनीको खर्च बढेको हो ।

सौरभ समूहद्वारा सञ्चालित यो उद्योगमा विष्णु प्रसाद न्यौपाने अध्यक्ष छन् । रमेश कुमार अग्रवाल र उत्सव न्यौपाने सञ्चालक छन् । स्टिल, सिमेन्ट, स्पिनिङ मिल, चिया बगान निर्माणमा संलग्न यो समूहले लक्ष्मी स्टील्स, जगदम्बा सिमेन्ट र सर्वोत्तम सिमेन्ट ब्राण्डका उत्पादन गरी बिक्री वितरण गर्छ ।

वर्षमान पुनको बजेटले स्पञ्ज आइरनमा कर बढाउने नीतिले सर्वोत्तम स्टिल थप प्रभावित बन्ने निश्चित छ ।


क्लिकमान्डु