टेलिकमको रिचार्ज र प्याकेज खरिदको सेवा ७ घण्टा बन्द हुँदै



काठमाडौं । विलिङ प्रणालीमा स्तरोन्नति गर्ने कार्यका लागि नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिदको सेवा ७ घण्टा बन्द हुने भएको छ ।

टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, क्यालेन्स चेक, सोधपुछसहितका सेवा आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रभावित हुने टेलिकमले एक सूचना जारी गरेर जानकारी दिएको छ ।

टेलिकमले विलिङ प्रणाली स्तरोन्नती परीक्षण गर्ने भएकोले यसका सेवा प्रभावित हुन सक्ने भन्दै सूचना जारी गरेको छ । टेलिकमका अनुसार सेवा प्रभावित हुनसक्ने समय भन्दा अगाडि नै ती सेवा लिनुपर्ने छ ।

बिलिङ प्रणाली स्तरोन्तति परीक्षणमा ब्यालेन्स र रिचार्ज सेवा प्रभावित हुने भएपनि टेलिकमका अरु सेवा भने यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको एक सूचनामा उल्लेख छ ।

टेलिकमका अनुसार उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस, एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभीसहितका सेवा भने सञ्चालन हुने छ ।


क्लिकमान्डु