सेयर बजारमा हरियाली, ६ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २१.२७ अंकले बढेर परिसूचक २१४०.९७ बिन्दु कायम भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । विकास बैंक, वित्त, ट्रेडिङ समूहको उपसूचकमा गिरावट आएको छ ।

बाँकी सबै समूहको उपसूचकमा सुधार आएको छ । ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ ।

कारोबारमा सिईडिबी हाईड्रो, नेशनल लघुवित्त, निफ्रा, एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा गुडविल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स, अप्पर सोलु हाईड्रो इलेक्ट्रिसिटी कम्पनी, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु