कालिमाटी तरकारी बजारमा आज : बन्दा, गोलभेडा, तोरीको सागको मूल्य बढ्यो, अन्य तरकारीको कति मूल्य ?



काठमाडौं । अविरल बर्षा र बाढीका कारण विभिन्न सडक खण्डहरु अवरुद्ध हुँदा त्यसको प्रभाव तरकारी बजारमा परेको छ । बर्षा र बाढीका कारण तरकारीको बोटविरुवामा असर गरेकाले त्यसको प्रत्यक्ष प्रभाव तरकारीमा परेको छ ।

यसले गर्दा तरकारीको मूल्य पनि केहि बढ्दै गएको छ । शुक्रबार प्रतिकिलो ७६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्वदेशी ठूलो गोलभेडामा १८.३३ रुपैयाँ बढेको छ । आइतबार कालिमाटी फलफूल तथा तरकारी बजारमा यो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै शुक्रबार प्रतिकिलो २८.३३ रुपैयाँमा बिक्री भएको सानो स्वदेशी गोलभेडा आइतबार ५५ रुपैयाँमा बिक्री भएको छ । त्यसैगरी टनेलको सानो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । शुक्रबार टनेलको सानो गोलभेडा ४८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

यस्तै शुक्रबारको तुलनामा आइतबार बन्दामा पनि प्रतिकिलो २२ रुपैयाँ बढेको छ । शुक्रबार प्रतिकिलो २३ रुपैयाँमा बिक्री भएको यो बन्दा आइतबार भने ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । तोरीको सागको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । शुक्रबार यो साग ४५ रुपैयाँमा बिक्री भएको थियो । आइतबार भने ९५ रुपैयाँमा बिक्री भएको छ ।

आइतबार रातो आलु ६२.३३, मुढेको रातो आलु ५३, प्याज ८७.६७, गाजर ८५, स्थानीय काउली ९५, मुला ५५, लाम्चो भान्टा ५५, तने बोडी ६५, घिउ सिमी ११०, घिउ सिमी राजमा १४०, टाटे सिमी ११० र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ ।

यस्तै लौंका ७५, परवर ४५, चिचिण्डो ५५, घिरौंला ७५, झिगुनी ५५, पाकेको फर्सी ३७.६७, डल्ले हरियो फर्सी ७५, भिण्डी ७५, स्कुस ७५, रायो साग ९५, कन्ये च्याउ १६३, डल्ले च्याउ २८६, राजा च्याउ २९०, न्युरो ८५, ब्रोकाउली २७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी कटहर १७०, अदुवा २५०, अकवरे खुर्सानी ३७६, भेडे खुर्सानी ११५ र स्वदेशी लसुन १९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु