माछा मरेपछि साठी लाख बराबरको क्षति




कैलाली । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा पालन गरिएको पोखरीको माछा मरेका छन् ।

यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।

‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, जोशीले भनिन, ‘माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।’ उनको छ वटा माछा पोखरी छन् ।


क्लिकमान्डु