अमेजनको ५ अर्ब डलरको सेयर बिक्री गर्दै बेजोस



एजेन्सी । अमेजनका संस्थापक एवं मालिक जेफ बेजोसले कम्पनीको थप २ करोड ५० लाख सेयर बिक्री गर्ने घोषणा गरेका छन् । जसको मूल्य लगभग ५ अर्ब अमेरिकी डलर छ । कम्पनीको बजार मूल्य उच्च भएपछि बुधबार बेजोसले यस्तो बताएका हुन् ।

यसअघि गत फेब्रुअरीमा पनि बेजोसले अमेजनको ८ अर्ब ५० करोड डलर बराबरको सेयर बिक्री गरेका थिए । २०२१ पछि उनले कम्पनीको सेयर पहिलो पटक बेचेका थिए । आर्टीफिसियल इन्टेलिजेन्स एआई प्रविधिको बढ्दो मागले यसको क्लाउड कम्प्युटिङ व्यवसायमा आम्दानी बढाउने अपेक्षा अनुसार अमेजनको सेयर यस वर्ष ३० प्रतिशत भन्दा धेरैले बढेको छ ।

गत महिना अमेजनको सेयर बजारको मूल्य पहिलो पटक २ खर्ब डलर पुगेको छ । यद्यपि अन्य प्रमुख टेक्नोलोजी फर्म निभिडिया, एप्पल र माइक्रोसफ्टभन्दा अमेजन पछाडि परेको छ । जवकि ती कम्पनीको बजार मूल्य ३ खर्ब नाघेको छ ।

तर अमेजनले अप्रिलको अन्त्यमा आकर्षक त्रैमासिक आम्दानी गरेको थियो । बेजोस २०२१ मा कम्पनीको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएपछि हाल कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहेका छन् । र कम्पनीको सबैभन्दा ठूलो सेयरहोल्डर पनि उनी नै छन् । सन् १९९४ मा अमेरिकाको वासिंटन डिसीस्थित उनले अमेजन स्थापना गरेका थिए ।

पछि यो कम्पनी सबैभन्दा ठूलो इ बुकहरुको संकलनसहित अनलाइन पुस्तक बिक्रेताको रुपमा पहिचान बनाइसकेको छ । जुन अहिले विश्वकै सबैभन्दा ठूलो अनलाइन रिटेलर तथा कुलाउड कम्प्युटिङ कम्पनीको रुपमा चिनिन्छ । फोर्ब्स बिलिनियरहरुको सूची अनुसार बेजोस २ खर्ब १४ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित विश्वकै सर्वाधिक दोस्रो धनी व्यक्तिको रुपमा सूचीबद्ध छन् ।


क्लिकमान्डु