शुक्रबार पनि बढ्यो भाउ, एक सातामा बढ्यो सुनको मूल्य २६ सय रुपैयाँ



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

एक हप्तामा २६ सय रुपैयाँले बढ्यो

सुनचाँदीको मूल्य पछिल्लो एक सातामा तोलामा २६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु