अमेरिकी इकमर्स कम्पनी एट्सीले यौन खेलौनाको कारोबार नगर्ने



एजेन्सी । अमेरिकी इकमर्स कम्पनी एट्सीले सेक्स टोय तथा यौन सम्बन्धी खेलौनाहरु बिक्री बन्द गर्ने घोषणा गरेका छ । तर उसको यस्तो घोषणाले यौन खेलौना तथा कामुक वस्तु उत्पादक तथा बिक्रेताहरुले आपत्ति जनाएका छन् ।

जुलाई २९ देखि नै उक्त अनलाइन प्लेटफर्मले महिलाका अंगहरुका आइटमहरु बिक्री नगर्ने एट्सीले घोषणा गरेको हो । भिन्टेज र कलात्मक वस्तुहरुको बिक्रीमा राम्रो प्रभाव जमाएको कम्पनी एट्सीले विकसित हुँदै गरेको उद्योगको मानकका आधारमा बिक्री सम्बन्धी नयाँ नियम जारी गरिएको उल्लेख गरेको छ ।

तर एट्सीको यस्तो परिवर्तित नियमले आफूहरुलाई निराश बनाएको बिक्रेताहरुको प्रतिक्रिया छ । यस्तो नीतिबाट प्रभावित बनेका बिक्रेताहरुले आफूहरु निराश बनेको र यसले आफ्नो कम्पनीको आम्दानी घट्ने बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार केही बिक्रेताहरुले एट्सीको यस्तो नियमले आफूहरु ठगिएको महसुस भइरहेको पनि प्रतिक्रिया दिएका छन् ।

एट्सीले भने यस्ता उपकरण प्रयोगकर्ताहरुको सुरक्षाका लागि आफूले बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । ‘हामीले बदलिँदो उद्योग मानकलाई ध्यानमा राख्दै रचनात्मक अभिव्यक्ति र बजारको भावनालाई सक्षम बनाउने हाम्रो लक्ष्यसहित यो नीतिलाई सावधानीपूर्वक तयार गरेका हौं,’ एट्सीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा विस्तार भएका इकमर्स कम्पनी तथा अनलाइन सपिङ प्लेटफर्महरुलाई कस्ता सामग्री कसलाई विक्री गरिरहेका छन् भनेर कानुनी रुपमा पनि दबाब हुने गरेको छ ।

कतिपय देशहरुले १८ वर्षभन्दा कम उमेरका ग्राहकलाई यस्ता सामग्री बिक्री गर्न पनि अनलाइन सपिङ प्लेटफर्महरुलाई रोक लगाएका छन् । यस्तो बदलिँदो परिस्थितिमा एट्सीले आफ्नो नीतिमा परिवर्तन गरेको हो । साथै उमेर समूह अनुसार हानीकारक सामग्री बिक्री नगर्न पनि यस्ता कम्पनीलाई दबाब हुने गरेको छ ।

यससँगै यौन सम्बन्धी सामग्रीको बिक्रीवापत हुने भुक्तानी प्रक्रिया पनि झन्झटिलो हुने गरेको छ । यसका उत्पादक तथा बिक्रेताहरुले भने यस्ता सामग्रीलाई लेबलिङ गर्नुका साथै ग्राहको उमेर समूह अनुसार स्पष्ट रुपमा वयस्कलाई मात्रै सम्बोधन गरेर बिक्री गर्न सकिने सुझाव दिएका छन् ।

साथै यस्ता सामग्रीलाई कलात्मक अभिव्यक्ति वा उत्पादनको रुपमा लिनुपर्ने कतिपय विक्रेताको राय छ । यस्तै एट्सीको यस्तो नियमले सेक्स टोय बिजनेसमा असर पर्नु्का साथै रोजगारीको खोजीमा रहेका धेरै युवाहरुको आम्दानीको ढोका बन्द हुने भन्दै उत्पादक तथा विक्रेताहरुले चिन्ता व्यक्त गरेका छन् । एट्सीले भने आफूले डिस्प्ले गर्ने र प्रतिबन्ध लगाएका सामग्रीहरुको सूची पनि सार्वजनिक गरेको छ ।


क्लिकमान्डु