धानको समर्थन मूल्य तोकियो, बिक्री नभए सरकारले प्रतिकिलो ३४.१० मा किन्ने



काठमाडौं । सरकारले धानको समर्थन मुल्य तोकेको हो । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले धानको समर्थन मूल्य तोकेको हो ।

आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३५८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

किसानले उत्पादन गरेको धान बिक्री नभएको स्थितिमा सरकारले यो मूल्यमा धान खरिद गर्नेछ ।


क्लिकमान्डु