रविलाई मुकुलको प्रश्नः जीबीलाई समात्न नसक्ने भए प्रतिपक्षमा हुँदा किन म्यादै तोकेर बोलेको ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदनमा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क मार्फत विभिन्न आधा दर्जन सहकारी ठगीमा संलग्न जीबी राईलाई समेत जोडेका छन् ।

उनले तयार पारेको प्रतिवेदनको सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो भन्ने शिर्षकमा जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ? भन्दै प्रश्न गरेका छन् ।

त्यती मात्रै होइन धेरै बोलेर बिग्रीयो भन्ने शिर्षकमा ‘जीबी राईका सन्दर्भमा बोलिएका बोली, आज पार्टीका लागि सबैभन्दा चुनौती भएको छ । तयारी र गुदी बिना आश्वासनका पुलिन्दा मात्र बाँढ्दा तात्कालिन तालि त पाइयो होला, तर यसले पार्टीलाई मात्र क्षति गर्यो । आउने चुनावसम्म पार्टीका नेताको बोलिका क्लिप जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनपर्छ । बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानी बाहेक केही पनि गरेन । जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको छ । नेताहरूमा अध्ययन कम, विचार कम, काम कम तर बोली धेरै देखियो ।ु

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले असार ५ गते सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राई मलेसियामा बसेको पत्ता लागेको बताएका थिए । असार ५ गते लामिछानेले चितवन पुगेर गृहमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएका थिए ।

लामो समय जीबीसँग व्यावसायिक साझेदारी गरेका लामिछाने गृहमन्त्री बनेपछि जीबी फरार भएको विषयमा मौन बसेका थिए । बुधबार चितवन पुगेर उनले पत्रकारहरुसँग कुराकानी गर्दै जीबी बसेको स्थान पत्ता लागिसकेको बताएका थिए । ‘उनी मलेसियामा बसेको पत्ता लागिसक्यो । लोकेसन कन्फर्म भइसकेको छ,’ गृहमन्त्री लामिछानेले भनेका थिए ।

यसबारे मलेसियाका गृहमन्त्रीसँग पनि आफूले कुरा गरिसकेको उनको भनाइ थियो ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन संसदीय छानबिन समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने तयारी गरेको छ । असार १२ गते बसेको समितिको बैठकले कागजात माग्ने निर्णय गरेको छ ।

विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकम समेत माग गरेको छ । गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकमका विषयमा समितिको चासो केन्द्रित रहेको छ ।

गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए ।

रवि(जिवीले ८ वटा सहकारीबाट बचतकर्ताको २ अर्ब २ करोड १० लाख ९४ हजार ३५४ रुपैयाँ ठगी गरेका छन् । यसमा कल्याण उपकारको ५८ करोड ७९ लाख ४९ हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारीको ७ करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको छ । हाम्रो नयाँ कृषि रास्वपाका उप सभापति तथा श्रम मन्त्री डिपी अर्याल सहकारीमा उपाध्यक्ष रहेका थिए ।

आफ्नो कार्यकाल नसिकिदै अर्यालका साथै रास्वपाका सह महामन्त्री कबिन्द्र बुर्लाकोटीले राईलाई सहकारी बुझाएर हिँडेका थिए । कल्याणमा अहिले लिला बहादुर गुरुङ अध्यक्ष रहेका छन् । उनी हाम्रो नयाँ कृषिमा उपाध्यक्ष रहेका छन् ।

लामिछाने र राई जोडीएका सहारा बचत तथा ऋण, समानता बचत तथा ऋण सहकारी संस्था, सानो पाइला, सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारीबाट लामिछाने र राईले बचतकर्ताको २ अर्ब ६ करोड ९८ लाख ७४ हजार रुपैया ठगेका छन् ।

राई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सहारा बचत तथा ऋण, समाना बचत तथा ऋण, सानो पाइला, सुप्रिम सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, हाम्रो नयाँ कृषि सहकारी संस्था र कल्याण उपकार सेभिङ एण्ड क्रेडिट सहकारीको बचत अपचलनमा परेका छन् । यी संस्थाबाट जीबी राई तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएका छन् ।


क्लिकमान्डु