एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

बिहीवार एकीकृत समाजवादीको महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए ।

प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको उनको भनाइ छ । पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको उनको भनाइ छ ।

महाधिवेशनबाट निस्कदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडी बढेको उनले बताए ।

नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाइ छ ।


क्लिकमान्डु