सुनको मूल्य आज तोलामै १६ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । विहीबार सुनको मूल्य १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु