५ महिना इजरायलमा थन्काएको न्यारोबडी र अनुमतिबिना सीचेकमा गएको वाइडबडीको छानबिन गर्न समिति गठन



काठमाडौं । नेपाल वायुसेवा निगमले इन्जिन परिवर्तन गर्ने नाममा मंसिरदेखि ५ महिना इजरायलमा थन्काएको न्यारोबडी र नियामक निकायको अनुमति बिना सीचेकमा गएको वाइडबडीको विषयमा अनुसन्धान गर्न छानबिन समिति बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निगमको ए३२० को ९एनएकेएक्स नामक लुम्बिनी जहाजको इन्जिन मर्मत गर्न इजरालय पठाएर ५ महिनासम्म थन्काएको विषयमा छानबिन समिति गठन गरेको हो ।

निगमको उक्त जहाज इन्जिन परिवर्तन गरेर तुरुन्तै आउने भन्दै गएको भए पनि लामो समयसम्म नफर्कदा निगमको शाखा गरेको, यात्रुलाई समस्या भएको र निगमलाई ३ अर्ब रुपैयाँभन्दा बढीको घाटा नै लागेको पनि अनुमान गरिएको छ ।

निगमको ए३३० जहाज पनि इन्जिन बाहेकको सबै मर्मत (सीचेक)का नामममा इटली गएको विषयमा पर्यटन मन्त्री हितबहादुर तामाङले छानविन समिति गठन गरेका छन् । यो जहाज नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति बिना इजरायल पठाएको भन्दै नियामकले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको एकाउन्टेबल म्यानेजर पद खोसेको छ । अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिरकणले ५ जनालाई कामकारवाही गर्न रोकसहितको कारवाही समेत गरेको छ ।

पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्त मानन्धरको संयोजकत्वमा गठित उक्त छानविनि समितिमा प्राधिकरणकै पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमन, एक चार्टर्ड एकाउन्टेण्ट र कानुन विज्ञ सदस्य रहेका छन । पर्यटन मन्त्रालयकै अधिकृत सुवर्णराज भट्टराई सदस्यसचिव छन् ।

छानबिन समितिले १५ दिनको कार्यादेश पाएको छ । उक्त छानबिनका लागि पर्यटन मन्त्रालयले बुधबार नै छानबिन कार्यमा आवश्यक कागजात र विवरणसहितको जानकारी २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन भनेको छ ।

छानबिन समितिले इजरायलमा इन्जिन मर्मतमा गएर लामो समय थन्किएको न्यारोबडी जहाजको मर्मत गर्न इजयारल पठाएको र सो सम्बन्धित सम्पूर्ण कागजता, फाइल पठाउन निगमलाई पत्र पठाएको छ।

छानबिन समितिको कार्य अगाडि बढाउन पर्यटन मन्त्रालयले नै निगमको ए३३० नामको ९एनएलवाई कलसाइने जहाजलाई इटालीको एलीटेक एसपीएमा पठाउँदाको सम्पूर्ण कागजत्र पठाउन पर्यटन मन्त्रालयले नै आग्रह गरेको छ । छानविनबाट आएको प्रतिवेदनका आधारमा पर्यटन मन्त्रालयले आवश्यक कारवाही गने भएको पनि उल्लेख छ ।


क्लिकमान्डु