बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ किन फर्किए ?



काठमाडौं । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन् ।

बिहीबार रास्पाका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार पुगेका थिए तर उनीहरु पत्र नबुझाइ फर्किएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।

प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको परियारको भनाइ छ ।

आफूहरुले नयाँ गठबन्धनमा नजाने निर्णय गरिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।


क्लिकमान्डु