कालिमाटी तरकारी बजारमा आज : बजारमा भित्रियो टाटे सिमी, माल्दह आँप २५ रुपैयाँ सस्तो भएर ६५ मै बिक्री



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा टाटे सिमी भित्रिएको छ । असारमा उत्पादन हुने यो सिमी पहिलो पटक कालिमाटी बजारमा भित्रिएको हो । बिहिबार बजारमा आइपुगेको यो सिमीे प्रारम्भिक चरणमा प्रतिकिलो ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बर्षात सिजन सुरु भएसँगै विस्तारै केही तरकारीको मूल्य पनि ओरालो लाग्न थालेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको स्थानीय काउलीमा १० रुपैयाँ बढेर बिहिबार प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भएको छ । यस्तै बुधबार प्रतिकिलो ८६.६७ रुपैयाँमा बिक्री भएको स्थानीय ज्यापु काउली बिहिबार ८.३३ पैंसा बढेर बिहिबार प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ ।

पछिल्लो समयमा माल्दह आँपको थोक मूल्य पनि निक्कै घटेको छ । ९० रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको माल्दह आँपमा २५ रुपैयाँ घटेर बिहिबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गाजर प्रतिकिलो ६५, बन्दा २२.३३, सेतो मुला ५५, लाम्चो भान्टा ३०, तने बोडी ४५, घिउ सिमी ६५, घिउ सिमी राजमा १२५, तिते करेला ४५, लौंका ४५, परवर ३५, घिरौला ५५, झिगुनी ४५, पाकेको फर्सी ६०, हरियो फर्सी डल्ले ३५, भिण्डी ६५ र स्कुस ५५ रुपैयाँमा बिक्री भएको छ ।

त्यस्तै बुधबार स्वदेशी ठूलो गोलभेडा ७५, स्वदेशी सानो गोलभेडा २७.६७, स्वदेशी सानो टनेल गोलभेडा ३६.७५, रातो आलु ५९.७५, मुढे रातो आलु ४९.७५, प्याज ९०, रायो साग ५५, तोरीको साग ४५, कन्ये च्याउ १३३, डल्ले च्याउ २९६.६७, राजा च्याउ २९०, न्युरो साग ८५, ब्रोकाउली १३०, कटहर ४५, अदुवा २३३.३३, भेडे खुर्सानी ४५ र स्वदेशी लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु